बारा । बारामा एसईई परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने दुई निरीक्षक पक्राउ परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका ५ स्थित पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा मोबाइलबाट परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने दुई निरीक्षकलाई शुक्रवार पक्राउ गरिएको हो ।
चिट चोर्न सहयोग गर्ने निरीक्षक रन्जु कुमारी र सौरव यादवलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।
सहायक प्रजिअ भट्टराईको नेतृत्वमा खटिएको टोलिले दुर्गा नमुना माध्यमिक विद्यालयका विद्यार्थी करिश्मा कुमारी र निरीक्षक सौरब यादवको दुईवटा मोबाइल परिक्षा केन्द्रबाट बरामद गरिएको उहाँले बताउनुभयो ।
पन्ना देवी स्कुलको कोठा नम्बर ७ मा रहेको दुर्गा नमूना माध्यमिक विद्यालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्नपत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
उक्त दुबै निरीक्षकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच