
नवलपरासी । प्रदेश फुटबल संघद्वारा आयोजित दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि जनजागृती युवा क्लव बर्दियाले हात पार्न सफल भएको छ । फर्साटिकर युवा क्लब रुपन्देही र जनजागृती युवा क्लब बर्दिया बिच भएको फाईनल खेलमा फर्साटिकरलाई शुन्यका विरुद्ध एक गोल गर्दै बर्दियाले जित हात पारेको हो ।
खेलको पहिलो हाफको २४ औं मिनेटमा जनजागृती युवा क्लबका जर्सी नम्बर १५ सुनिल आले मगरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको छ ।अन्तिम समयमा तीन मिनेट थप गरिएपनि फर्साटिकरले कुनै पनि गोल गर्न नसकेपछि अन्ततः बर्दिया उपाधि उचाल्न सफल बनेको छ ।खेलको 'म्यान अफ द म्याच' गोलकर्ता बर्दियाका सुनिल आले भएका छन ।
प्रथम हुने टिमले रु २ लाख २२ हजार २ सय २२ रुपैयाँ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेका छन ।
पुरस्कार बितरण समारोहमा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले फुटबलमा अहिले पनि संघियता आउन नसकेको उल्लेख गर्दै दुरदराजका ग्रामीण बस्तिमा समेत खेलकुदका कार्यक्रम मार्फत दक्ष खेलाडीको खोजी गर्नु पर्नेमा जोड दिए ।
चैत्र २ गतेबाट ८ गते सम्म बर्दघाट १६ स्थित सुर्यनगर रङ्गशालामा संचालन गरिएको फुटबल लिगका लागि बर्दघाट नगरपालिकाले ५ लाख रुपैया बिनियोजन गरेको फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङले जानकारी दिनु भयो । खेलका ७ जिल्लाका ७ वटा टिम (जिल्ला लिग च्याम्पियन) हरुको सहभागीता रहेको थियो ।पछिल्लो समय पुर्वाधार युक्त सुर्यनगर रंगशाला सबै खेलप्रेमिहरुको रोजाईमा पर्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच