
काठमाडौं । महिला सुरक्षा दबाव समूहले काठमाडौं स्कूल अफ ल (केएसएल)का संस्थापक युवराज संग्रौलाले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाकी अध्यक्ष इरादा गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल निष्पक्ष छानबिनगरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको हो ।
केएसएलकी एक विद्यार्थीले डा. संग्रौलाले कलेजमा यौन दुव्र्यवहार गरेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । उनले आफूमाथि यौन दुव्र्यबहार भएको भन्दै कलेजमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएकोमा महिला समूहले ध्यानाकर्षण भएको जनाएको छ । ती विद्यार्थीले सामाजिक सञ्जालमार्फत् आफ्नो पीडा सार्वजनिक गरेपछि अरूले पनि आफूमाथि दुव्र्यबहार भएको सार्वजनिक गरेका थिए ।
संग्रौलाले स्त्री दोषी टिप्पणी गर्ने गरेको र विद्यार्थीहरूको अधिकारलाई बेवास्ता गरेको भन्दै केएसएलका विद्यार्थीहरूले हस्ताक्षर अभियानसमेत सञ्चालन गरिरहेका छन् । गठन गरिएको छानबिन समितिलाई विद्यार्थीले अमान्य भन्दै निष्पक्ष छानबिन समिति गठन गर्नु पर्ने मागसमेत गरेका छन् ।
पूर्वमहान्यायधिवक्ता समेत रहेका संग्रौला अति निकृष्ट कार्यमा संलग्न भएको भन्ने विषय राष्ट्रिय लज्जाको विषय भएको सञ्जालको ठहर छ । ‘यो मामला एक अति संवेदनशील र गम्भीर विषय हो र यसलाई हल्का रुपमा लिनु हुँदैन । हामी पीडितलाई न्याय दिलाउन र दोषीलाई कडा कारवाही गर्न माग गर्दै छौं,’ समूहले भनेको छ, ‘यस घटनाले समाजमा महिलाहरूको सुरक्षा र अधिकारको रक्षा गर्ने महत्वपूर्ण सन्देश दिनुपर्छ ।’
विद्यार्थीका मागप्रति ऐक्यवद्धता जाहेर गर्दै समूहले घटनामा निष्पक्ष छानबिन गर्न समितिको माग छ । घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीउपर हदैसम्मको कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनसमेत समूहले माग गरेको छ । तर, संर्गौलाले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै आउनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरेरै आरोपको खण्डन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच