
भोजपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन पौवादुङमा गाउँ समितिको अध्यक्षमा नवीन कार्की र पेशागत महासंघ नेपाल पौवादुङमा गाउँ समितिको अध्यक्षमा यदि बहादुर श्रेष्ठ चयन हुनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको पौवादुङमा गाउँपालिकामा भएको तेश्रो गाउँ अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन हो । अधिवेशनले गाउँ समिति उपाध्यक्षमा उमेश कार्की र रणमाया प्रधान, सचिव डिल्लीराम रोइला, कोषाध्यक्ष खगेन्द्र श्रेष्ठ, सहसचिव अम्विका भट्टराई तथा सहकोषाध्यक्षमा कुमारी प्रधानलाई चयन गरेको छ ।
यस्तै अधिवेशनले सदस्यहरुमा नवीन राई, पृती राई, राजकुमार खडका, अशोक घिमिरे, स्मृति राई, रमेश राई, कौशिला राई, बविता राई लगायतलाई चयन गरेको छ ।
पेशागत हकहितका लागि बनेको नेपाल पेशागत महासंघ पौवादुङमा गाउँ समितिको प्रथम अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ गाउँ समिति बनाएको हो । अधिवेशनले उपाध्यक्ष खगेन्द्र ढकाल र बिष्णु तामाङ, सचिव जय राई, सहसचिव दिपक खम्बु र कोषाध्यक्षमा सुदिप खडकालाई चयन गरेको छ ।
त्यस्तै गाउँ समिति सदस्यहरुमा अधिवेशनबाट मौसम आचार्य, देबेन्द्र भुजेल, दिपेन राई, पस्मिना राई, सबिना बोहरा, रमेश कार्की, सन्देश श्रेष्ठ, मुलायमसिंह यादव र रबिन खत्रीलाई चयन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच