विश्व कविता महोत्सव-२०२५ सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विश्व कविता महोत्सव-२०२५ सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा कविता महोत्सव आयोजना गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त महोत्सवको पहिलो चरणमा कविता वाचन गरिएको थियो भने दोस्रो चरणमा मन्तव्यसहित सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

२०६४ माघ १६ गते शहीद दिवसको दिन स्थापित यस संस्थाको २१५ शृंखलाको विशेष कार्यक्रम हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. बेन्जु शर्मा, भगिरथी श्रेष्ठ, प्राडा. भरत भट्टराई, प्राडा. विप्लव ढकाल, ज्ञान उदास, नरेन्द्रराज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी, प्रभा भट्टराई, रविन्द्र आशिष शैलीलगायतले कविता वाचन गर्नुभएको थियो । यस्तै, बलराम दाहाल, भैरवी भूगोल, राधिका गुरागाई, अनिल श्रेष्ठ, किसन पौडेल, ज्योति जंगल, दिल पौडेल, महेशराज खरेललगायतले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

विश्व कविता महोत्सव-२०२५ मा चर्चित संगीतकार तथा गायक प्रदीप बम्जनले एउटा राष्ट्रिय गीत र अर्को पूर्वेली गीत गाएर साहित्यिक माहोललाई तताउनुभएको थियोे । कार्यक्रममा १०० जनाभन्दा बढी कविहरूको उपस्थिति रहेको थियो । संस्थाले अर्को कार्यक्रम नयाँ वर्ष २०८२ को उपलक्ष्यमा काठमाडौंको रत्नपार्कमा गर्ने जानकारी गराएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष मणिराज सिंहको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो भने स्वागत मन्तव्य श्यामप्रसाद श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव उषा आचार्य र अञ्चु सुवेदीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?