
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोमबार रातिको बैठकले पदबाट हटाउने निर्णय गरेको छ । नेपाली जनताका नजरमा घिसिङ उज्यालाका नायकका रूपमा चिनिनुहुन्थ्यो । राष्ट्रकवि माधव घिमिरेले कोही पनि मानिस नराम्रो बन्न चाहँदैन र नजाती हुन पनि कोही चाहँदैन भन्नुभए जस्तै सबै मानिसको चाहना आपूm राम्रो बन्ने नै रहेको हुन्छ । तर चाहेजस्तो बन्न सबैले सक्ने कुरा होइन । कुलमान घिसिङ केही हदसम्म राम्रो भनेर चिनिनु भएकै हो । उहाँभित्र पनि कमजोरीहरू थिएनन् भन्ने होइन । नेपालीहरूले त्यसतर्फ ध्यान दिएनन् र ती बाहिर आएनन् पनि । जनता लोडसेडिङबाट दिक्क थिए, उहाँले प्राधिकरणको जिम्मेवारी लिएपछि त्यो हटाउनुभयो । त्यसैले उहाँको राम्रो काम देखियो र छवि पनि यही कारणले उच्च बन्न पुग्यो । भित्री कुराहरू खोतलेर हेर्नतिर कोही लागेन ।
उहाँमा कमजोरी थिए होलान्, मानवीय कमजोरी सबैमा हुने नै भयो । उहाँलाई पदबाट बर्खास्त गर्ने निर्णय गराउन मन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेपछि उहाँकै पार्टीका गृहमन्त्रीले त्यसो गर्नु हुँदैन भनेर प्रतिवाद गर्नुभएको र त्यस सन्दर्भमा लोकप्रिय मानिसलाई त्यसरी हटाएर अलोकप्रिय बन्नुहुँदैन भनेको प्रसंग यतिखेर सार्वजनिक भइरहेको छ । यससँगै ऊर्जामन्त्री दीपक खड्काले तपाईंलाई उनका कमजोरी के थाहा छ ? तपाईं नबोल्नुस् चुप लाग्नुस् भन्ने जवाफ दिएको विषय पनि बाहिर चर्चामा आएको हुँदा अवश्य मन्त्री खड्काले घिसिङलाई पदमा राख्नै नहुने ज्यादै नराम्रा विशेषताहरू भेट्नुभएको रहेछ । नत्र उहाँमा गृहमन्त्री रमेश लेखकलाई समेत कड्किएर जवाफ फर्काउन सक्ने सामथ्र्य रहने थिएन होला । तर ती नराम्रा विशेषताहरू के थिए सार्वजनिक भने गरिएको छैन । सूचनाको अधिकार नेपाली जनतालाई भएको हुनाले यथार्थता के छ ऊर्जामन्त्रीले सार्वजनिक नगरेसम्म यो विवाद रही नै रहन्छ ।
व्यापारी, माफिया र कालोबजारीहरूसँगको मिलेमतो र दबाबबाट सरकारले हालको निर्णय लिएको हुनसक्ने तर्क गर्नेहरूको संख्या निकै ठूलो छ भने सोमबार राति सरकारले कुलमानलाई हटाउने निर्णय गर्नासाथ सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले अब अँध्यारोमा बस्नुपर्ने निश्चित भएको विचार व्यक्त गरेका छन् ।
एकपटक जनताको नजरमा राम्रो मान्छेका रूपमा छवि बनाइसकेको मानिस ज्यादै आलोचित हुनेगरी काम गरेको अवस्थामा बाहेक हत्तपत्त नराम्रो हुँदैन । कुलमान घिसिङलाई पनि जनताले त्यही रूपमा हेरेका मात्र हुन् । अब उहाँको पदावधि धेरै बाँकी थिएन । केही महिनापछि सकिँदै थियो । त्यसपछि उहाँलाई पुनः नियुक्ति नगर्दा हुने थियो । यस्तो अवस्थामा यति हतार गरेर बर्खास्त गरी उहाँको ठाउँमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ । ऊर्जामन्त्रीकै पार्टीका गृहमन्त्रीको भनाइ क्याबिनेट मिटिङमा सुनिएन बाहिर पनि उच्च पदमा आसीन पार्टीका महामन्त्रीहरू जस्ता व्यक्तिहरूबाटै यस्तो अलोकप्रिय बनिने कदम उठाउँनु हुँदैनथ्यो भन्ने प्रतिक्रिया आएका छन् ।
मन्त्री खड्काले अनेकौं प्रयासपछि मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर घिसिङलाई म्याद सकिनुभन्दा केही महिना पहिले बर्खास्त गर्नुको कुनै गुहृय रहस्य छ कि भन्ने सोच्नु अस्वाभाविक नमानिएला । यो त्यति दूरदर्शी कदम होइन । यसले गर्दा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता अहिले सरकारमा रहेका दलहरूको लोकप्रियता खस्काउने कुरा निर्विवाद छ भने यो यतिमा मात्र सीमित रहने छैन । हाल राजावादीहरूले सरकारको विरुद्धमा आन्दोलन गर्ने भनेर तयारी गरिरहेको अवस्था हो ।
पूर्वराजा पोखराबाट काठमाडौं आउँदा स्वागतमा गएको भीडबाट तिनको बल पुष्टि हुन्छ । राजनीतिको मैदानमा विरोधी वा विपक्ष सानै होस् कम आँक्नु हुँदैन भन्ने भनाइ नै छ । इतिहासमा भएका आन्दोलनलाई कमजोर आँक्नाले नै ती आन्दोलनहरू सफल बन्न पुगेका हुन् । राजावादीहरूले त विनातयारी कुनै विशिष्टयोजना एक प्रयासमा त्यत्रो ठूलो जनसमूह देखाएका छन् ।
सरकारले यसैगरी जनतालाई बिच्क्याउँदै जाने हो भने सरकारको विरुद्धमा अझै बढी जनआक्रोश पैदा हुँदै जान्छ र त्यस्तो आक्रोशले पोखिने ठाउँ खोज्दै जाँदा त्यस्तै आन्दोलनहरूमा समाहित हुने मौका पाउँछ । सरकार भने यसतर्फ सोचिरहेको छैन जसले गर्दा भोलिका दिनमा त्यसको नकारात्मक परिणाम नआउला भन्न सकिँदैन । हाल कुलमान घिसिङले गर्दै गरेको काम गर्नेगरी त्यही ठाउँमा ल्याइनुभएका हितेन्द्रदेव शाक्यले जनप्रशंसा पाउने गरी काम गर्न सक्नुहोला वा नहोला त्यो फरक विषय हो तर यदि घिसिङले जसरी काम गर्न सक्नुभएन र यो वा त्यो कारण देखाएर फेरि लोडसेडिङ गर्ने प्रपञ्च रचियो भने नेपाली जनता त्यस बेला राजनीतिक होइन यस्तै सामाजिक समस्या लिएर सडकमा नजालान् भन्न सकिँदैन र त्यो भीड भड्कियो भने त्यसबेला त्यसले राजनीतिक स्वरूप पनि लिन सक्छ ।
व्यापारी, माफिया र कालोबजारीहरूसँगको मिलेमतो र दबाबबाट सरकारले हालको निर्णय लिएको हुनसक्ने तर्क गर्नेहरूको संख्या निकै ठूलो छ भने सोमबार राति सरकारले कुलमानलाई हटाउने निर्णय गर्नासाथ सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले अब अँध्यारोमा बस्नुपर्ने निश्चित भएको विचार व्यक्त गरेका छन् । छिट्टै लोडसेडिङ हुने आशयका भनाइहरू एकातिर मन्त्री खड्काबाटै आइरहेका छन् भने त्यसको पूर्वतयारी गरेर कुलमान त्यसका लागि असहमत भएका कारण सरकारले उहाँलाई हटाएको ठानिएको छ । यदि त्यसो हो भने यसभन्दा जनघाती सरकार अर्को कुनै हुनै सक्दैन । त्यस बेला हितेन्द्रदेव शाक्य केवल सरकारको गोटीमात्र बन्नुहुनेछ ।
अर्कातिर रिटपत्र लिएर कुलमान सर्वोच्च अदालत पुगेको केही दिनमै अदालतले उहाँलाई हटाएको कारणलाई गैरकानुनी देखाउँदै तुरुन्त पदबहाली गराउन सरकारका नममा आदेश गरेको खण्डमा सरकारले मुख लुकाउने ठाउँसमेत पाउनेछैन । मन्त्रीको हठले गर्दा पार्टी र सरकारप्रति जनताको दृष्टिकोण नै नराम्रो बन्न पुग्नसक्छ भने यस्तो निर्णयको गलत परिणाम नेपाली जनताले भोग्नुपर्ने हुन्छ । उज्यालाका नायकको अँध्यारा रातमा गरिएको बर्खास्तको निर्णय सँगसँगै नेपाली जनताले भोलिका दिनहरूमा अँध्यारामा बस्नुपर्ने हो कि भन्ने चिन्ता व्याप्त छ । हाम्रो चाहना यत्तिमात्रै हो नेपालीहरूको घरमा कहाली लाग्दो त्यस्तो अन्धकार फेरि नआओस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच