काठमाडौं । आनीछोइङ डोल्माको बहुचर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ अब हिन्दी भाषामा पनि बन्ने भएको छ । यो गीतलाई प्रसिद्ध भारतीय गीतकार गुलजारले हिन्दीमा अनुवाद गर्नुभएको छ । आनीका अनुसार यो गीतको रेकर्ड हिन्दीमा हुनेछ । गीतको नेपाली संस्करणमा चाहिँ दुर्गालाल श्रेष्ठको शब्द, न्यूह बज्राचार्यको संगीत, गोपाल रसाइलीको एरेन्ज र आनीको स्वर छ ।
हिन्दीमा आनीले गाउने भए पनि संगीत कम्पोज कसले गर्ने भन्ने निधो भइसकेको छैन । मुम्बईमा आयोजित कन्सर्टमा आनीको भेट गुलजारसँग भएको थियो । कोभिडको त्यो समयमा आनीले गुलजारलाई यो गीत दिनुभएको थियो । पछिल्लोपटक मुम्बईमा जाँदा गुलजारसँग आनी र फिल्ममेकर मीनबहादुर भामलगायतको भेट भएको थियो ।
गुल्जारको लेखनले गीतलाई न्याय हुने आशासहित आफूले अनुवादको जिम्मा दिएको आनीको भनाइ छ । ‘गीतको भाव र गहनतालाई हल्कारुपमा लिनु हुँदैन । गुलजार साबको जुन लेखन छ, उहाँको कलमले कोरिदिनुभयो भने न्याय होला भनेर लेख्न दिएकी हुँ’, आनीले भन्नुभयो । ‘फूलको आँखामा’ गीत सन् २००४ मा रिलिज भएको आनीको एल्बम ‘मोमेन्ट्स अफ ब्लिस’मा संग्रहित छ । डिजिटल रिलिज भने मे २३, २०२० मा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच