
रुपन्देही । महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँची जिल्लाको पाणिनि तपोभूमिमा मिति २०८१ चैत्र २७ र २८ गते आयोजित दुई दिने पाणिनि तपोभूमि सम्मेलन भब्यतापूर्वक सम्पन्न भएको छ ।
पाणिनि महान व्याकरणका रचयिता तथा भाषाविद् हुनुहुन्थ्यो । उहाँको प्रमुख ग्रन्थ “अष्टाध्यायी“को रचना यसै ठाउँमा भएको थियो । जसमा संस्कृत भाषाका सम्पूर्ण सूत्र व्यवस्थित गरिएका छन् ।
भाषाशास्त्रको पिता पाणिनिको यो ग्रन्थ अत्यन्तै वैज्ञानिक छ र उनको प्रणाली आजका कम्प्युटर भाषाहरूको संरचनामा समेत उपयोगी मानिन्छ । संस्कृत व्याकरणको वैज्ञानिक अध्ययन, जसमा ध्वनि, शब्द, वाक्य संरचना तथा व्याकरणका नियमहरू संकलित छन् । यसलाई आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्सलेसमेत प्रयोगमा ल्याउन सकेको छ ।
उपर्युक्त पृष्ठभूमिमा आयोजित पाणिनि तपोभूमि सम्मेलनलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएकोले उहाँप्रति कृतज्ञता प्रकट गर्दै यो सम्मेलनबाट निम्नलिखित ७ बूँदे घोषणापत्र जारी गरिएको छ ।
१. पाणिनि व्याकरण र संस्कृत भाषा प्रवद्र्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।
२.राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि सस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने ।
३.पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सृजनाको स्थल भएकोले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्न सक्ने गरी अनुसन्धान र सृजनाको लागि पूर्वाधारको व्यवस्था गरिने ।
४. पाणिनि तपोभूमिको वरपर दुर्वासा मुनिको आश्रम छ । महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र छ । प्रख्यात् काली गण्डकी नदीको संगम छ । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल छ । नर्तनाचलमै ऐतिहासिक सुपा देउराली मन्दिर र दक्षिणी भागमा रामले वाणंले हानेर पहरो फोरेर पानी निकालेको बांणगंगा नदी छ । यिनै पृष्ठभूमिमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक साँस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने ।
५. महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने ।
६. पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने भएकोले विभिन्न सरोकावाला निकाय र विज्ञहरुसँगको परामर्शबाट सम्पदा मैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि बढाउने ।
७. पाणिनि क्षेत्रको विकासका लागि यस जिल्ला र क्षेत्रका वासिन्दालगायत सवै सरकारी गैरसरकारी संघसस्थाहरुबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच