
काठमाडौं । स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशका रूपमा पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा-१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ । शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारी र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेको नेतृत्वमा सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परीक्षणसहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो । कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वबारेमा जागरूकता बढाउन पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ । पाँचदेखि ९० वर्ष उमेरका चार सय ३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा दुई सय तीनवटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँच समावेश भएका थिए । जाँचका क्रममा एकजनालाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो, जसमा १९ जनामा लक्षणहरू देखा परेका थिए र थप प्रयोगशाला रिपोर्टको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरूप्रतिको समर्पणलाई शिविरले पुनः पुष्टि गरेको बताउनुभयो । त्यस्तै, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खान र श्रम कार्यालयका कार्यवाहक प्रमुख ऋषिराम पन्थीलगायत स्थानीय समाजसेवीले कम्पनीले नाफाभन्दा सामुदायिक स्वास्थ्यलाई प्राथमिकता दिने पहलको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच