
झापा । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आन्दोलनरत शिक्षक नेताहरूसँग छलफल गर्नुभएको छ । शिक्षकका मागप्रति सरकार र सत्तारुढहरु गम्भीर नभएको आवाज चुलिएपछि महामन्त्रीद्वयले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा छलफल गरेको जनाइएको छ ।
महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधन गरिने बताएको एक सहभागीले बताउनुभयो । उहाँले भन्नुभयो,"संसदको बर्खे अधिवेशन विधेयक ल्याएर माग बमोजिमको शिक्षा ऐन ल्याउने महामन्त्रीहरुले बताउनुभयो, तर शिक्षक नेताहरूले त्यसलाई अस्वीकार गरेकाछन् ।"
विधेयकको काम सकेर ऐनमा राख्नुपर्ने कुरा छिटो टुङ्याउन उपसमितिलाई अनुरोध गर्ने र ऐन जारी हुने महामन्त्रीद्वयले विश्वास दिलाउन खोजेपनि छलफलमा सहभागी शिक्षक नेताले नमानेको बुझिएको छ । महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवासँग शिक्षकका माग सम्बोधन गर्न अनौपचारिक रूपमा पटकपटक कुरा गरेपछि आज शिक्षक नेताहरूसँग छलफल गरेको स्रोतले बताएको छ । स्रोतले भन्न्यो , "उहाँहरुले (महामन्त्रीद्वय) सभापतिसँग कुरा गर्नु भएको हो, त्यही अनुरुप छलफल भएको हुन सक्छ ।"
महामन्त्रीद्वयले भिडियो क्लिप र लिखित पर्चा मार्फत् शिक्षकका माग सम्बोधन गर्न र ऐन जारी हुनुपर्ने मत राख्दै आउनु भएको छ । त्यसबाट पनि शिक्षक आस्वस्त हुन नसकेपछि महामन्त्रीद्वयले शिक्षक प्रतिनिधिसँग प्रत्यक्ष सम्वाद गरेको जनाएको छ ।
छलफलमा महामन्त्री थापाले समस्या समाधानको स्पष्ट मत राखेको र अर्का महामन्त्री शर्माले शिक्षकका समस्याका बारेमा गम्भीर नभएको आलोचना सहनु परेको भन्दै गुनासोसमेत गर्नु भएको थियो । दुबै महामन्त्रीले समस्या समाधानमा पहलकदमी चाल्ने आश्वासन दिनुभएको छ ।
छलफलमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, महासचिव ज्ञानेन्द्र रावल, वरिष्ठ उपाध्यक्ष इलम शाही, प्रवक्ता नारायण तिम्सिना, उपाध्यक्षहरु भगवती श्रेष्ठ, वीरेन्द्र खड्का, छोटेलाल साह, सुन्दर पन्तलगायत सहभागी हुनुहुन्थ्यो । शिक्षक नेताले छलफलको विषय खुलाएका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच