चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने

Read Time = 2 mins

काठमाडौं । बहुपति प्रथामाथि निर्माण गरिएको फिल्म ‘टुल्की’ आगामी वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज चैत्र ३ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने भएकाे हाे ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको हो । फिल्म डोल्पामा खिचिएको हो ।

देव थापा निर्देशित फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

शेखर लामाको प्रस्तुती र आरपी कर्माचार्य तथा उजेली लामा निर्माता रहेको फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन, लक्ष्मण सुनारको कथा, शेखर लामाको पटकथा, तारा थापा ‘किम्भे’को सम्पादन, सन्जिव सुब्बाको पार्श्र्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ ।

फिल्मले ‘नेपाल ग्रामिण फिल्म महोत्सव २०७९’ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?