न्यूनतम साझा कार्यक्रमलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई विश्वासको मत : उपसभापति अर्याल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु परेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरु सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्धाहरु रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरी पनि विश्वासको मत दिन लागिएको बताउनु भएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरुले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पार्नु भयो । उहाँले आफ्नो दललाई आपत परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिनु भयो ।

उपसभापति अर्यालले भन्नु भयो, ‘हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा समर्थन गरी सरकारमा सहभागी हुँदा देखि सरकारबाट बाहिरिएर अहिले उक्त समर्थनलाई निरन्तरता प्रदान गर्दासम्म कसैसँग गठबन्धन गरेका छैनौं । हामी यस अघि सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने पहिलो दल हौं । हाम्रै विशेष पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार ग¥यौं । सरकारले विशेष पहलमा न्यूनतम साझा कार्यक्रम तय ग¥यो । जसमा हाम्रा बाचा पत्र कयौं कुराहरु समावेश छन् । ती बूँदाहरु हाम्रा होइनन् । आम नागरिकका हुन् । आम नागरिकका ती मुद्धाहरु सम्बोधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौं । सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरेपनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्धामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं । साथै हाम्रो दललाई आपतपर्दा, हामीमाथि संकट आईपर्दा यसै रोष्टमबाट हाम्रो पक्षमा उभिनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नु चाहन्छु । र, विषय परिस्थितिमा हौसला दिनुहुने सबै दलका नेता गणहरुप्रति राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक आभार प्रकट गर्न चाहन्छ ।’

उपसभापति अर्यालले जनताले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरुको सो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिवद्ध भएर लागिपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?