कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

मन्त्रीपरिषदको पुर्णता, उपनिर्वाचन, समसामहिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभएकाे छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?