लाइभ दोहोरीकी ‘क्वीन’ आशा

Read Time = 3 mins

काठमाडौं । तनहुँ जिल्लाको तत्कालीन मिर्लुङ गाविस हाल भानु नगरपालिकाको वडा नम्बर बाह्र कवाजितमा बुबा गोकुलबहादुर र आमा सावित्रीको कोखबाट जन्मिनुभएकी आशा बिसीले यतिबेला नेपाली लोकदोहारी क्षेत्रमा लोकप्रियता हासिल गर्नुभएको छ । उहाँलाई लोकदोहोरी ‘क्वीन’ पनि भन्ने गरिन्छ ।

विशेषगरी प्रत्यक्ष दोहोरी गायनमा श्रोता/दर्शकको उहाँले अधिक मन जित्नु भएको छ । सानैदेखि नै उहाँको रुचि गीतसंगतीमै थियो र ठूलो हुँदै जाँदा उहाँ यसक्षेत्रतर्फ हेलिनुभयो । सानै उमेरदेखि गुनगुनाउने र विभिन्न स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा भाग लिएर गीत गाउने बिसीले अहिले लोकप्रियता हासिल गर्नुभएको छ ।

बिसीले पोखराबाट आफ्नो सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नुभएको हो । सुरुमा दोहोरी साझ रेस्टुरेण्टबाट गीत गाउन सुरु गर्नुभएकी उहाँ विस्तारै लाइभ स्टुडियोमा लाइभ दोहोरीमार्फत धेरै दर्शक श्रोताको मन जितिरहनुभएको छ ।

नेपाली लोक गीतको फाटमा दुई दर्जन बढी एकल एल्बमहरू पस्किनुभएकी बिसीका ‘दरबार कहिले बस्ला’, ‘जुगजानी घरबार’, ‘मेरो परानलाई’, ‘गिलास र कचौरा’, ‘हरहर बासना अगरबत्तीको’, ‘आबु खैरेनी’, ‘राङरुङको बजारैमा’, ‘ओइ फूलमाया’, ‘टोपी फूलभरेको’लगायत गीत अत्यधिक मन पराइएका छन् ।

समाजिक सेवमा पनि आफूलाई त्यतिकै संलग्न गराउँदै आउनुभएकी उहाँको योगदानको मूल्ययांकन गर्दै विभिन्न संघसंस्थाले सम्मान एवं पुरस्कार उहाँलाई प्रदान गरेका छन । सामाजिक सञ्जाल र युट्युबमा लाखौं श्रोताहरूले उहाँलाई फलो गरेका हुन्छन् । आफू चर्चा र लोकप्रियताभन्दा निरन्तर यही क्षेत्रमा काम गरिरहेको तथा काम गर्दै जाँदा श्रोता/दर्शकको माया पाउन सफल भएको उहाँको बुझाइ छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Indra reshmi
Indra reshmi
2023-04-04 5:05 pm

Congratulations

रिलेटेड न्युज

छुटाउनुभयो कि ?