डर्टमुन्डको संघर्षपूर्ण जित

Read Time = 2 mins

लण्डन । जर्मन बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले होफेन आइनमाथि संघर्षपूर्ण जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली होफेन आइनमाथि ३–२ को जित निकालेको हो ।

डर्टमुन्डको जितमा एर्लिङ ब्राउट हालान्ड र कप्तान मार्काे रिउसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका एन्डरेज क्रामारिक र जर्जिनियो रुटेरले एक–एक गोल फर्काउनुभयो ।

शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्डरेज क्रामारिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।

५८औँ मिनेटमा डोनेल मालेनकै पासमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमुन्डलाई २-१ ले अघि बढाउनुभयो । ६६औँ मिनेटमा डेभिड राउमले आत्मघाती गोल गरेपछि डर्टमुन्टको अग्रता दोब्बर बन्यो । ७७औँ मिनेटमा जर्जिनियो रुटेरले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि जितका लागि त्यो पर्याप्त भएन ।

जितसँगै डर्टमुन्डले शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी ३ मा छोट्याएको छ । डर्टमुन्डको २० खेलबाट ४३ अंक रहँदा एक खेल कम खेलेको बार्यनको ४६ अंक छ । पराजित होफेन आइन ३१ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?