थप ६० जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्‍ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?