काठमाडौं । युद्धरत रुस र युक्रेनका बीचमा थप तनाव बढेको छ ।
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरूमा समेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूला ठूला मुश्लो उठेको थियो ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफनो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरुमा आक्रमण गरी ध्वस्त बनाईएको बताए ।
उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठूला तेल भण्डार माथी आक्रामण गरी ध्वस्त बनाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच