शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

आजको खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेवाट सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलवाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सिमित रहेको छ ।

यसैगरी, दशरथ रंगशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर बर्षाको कारण च्यासल मैदान खराब भए पछि उक्त खेल रंगशालमा हुन लागेको हो ।

पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलवाट १७ अंकसहित दशौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?