सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ गरेको हो ।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका(७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?