जिल्ला समुन्वय समिति बैतडीमा गठबन्धन विजयी, प्रमुखमा धामी उपप्रमुखमा कुवँर

हिमालय टाइम्स
Read Time = 2 mins

-कृष्ण बिष्ट

बैतडी । जिल्ला समुन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा प्रमुखमा गठबन्धनबाट कांग्रेसका खगेन्द्र सिंह धामी विजयी हुनुभएको हो । उप्रमुखमा पनि गठबन्धनबाटै माओवादी केन्द्रका दमन कुवँर वियजी हुनुभएको छ ।

प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रका दमन बहादुर कुवँरले १० मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्द्धी एमालेका हेमा भट्टले १० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा दुई मत बदर खसे ।

जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको हो भने एमालेले एक्लै चुनाव लडेको हो ।

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी हुनुभएको छ ।

यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द, हरु नेपाली र माओवादी केन्द्रका निर्मला भट्ट विजयी हुनुभएको छ । यस्तै एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीलाई आजै बिहान ११ बजे पद तथा गोपनियता शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?