टाटा मोटर्सको जेनभोल्टज नेपालमा

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री सुरु गरेको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्र (आरएनडी सेन्टर) मा डिजाइन, परीक्षण र निर्माण गरिएको जेनेरेटरमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ ।

विभिन्न प्रयोजनका लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर टिकाउ र भरपर्दो हुनुका साथै कम खर्चिलो पनि रहेको कम्पनीको दाबी छ । २५ किलो भोल्टदेखि एक सय २५ किलो भोल्टमा उपलब्ध जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडलमा रहेका छन् । टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस इकाईअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनन्ले भन्नुभयो, ‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौं ।

टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनमार्फत् ग्राहकको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्नेतर्फ कटिबद्ध छ ।’ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो, ‘आफ्नो स्थापनाकालदेखि नै सिप्रदी आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थप्दै ग्राहकको इच्छा र आवश्यकता परिपूर्ति गर्न प्रतिबद्ध छ । टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गर्नेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?