अर्किडलाई फुटबलको उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसइई कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङ्लिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २-० गोलले पराजित गर्‍यो । अर्किडका शितल कार्की र योगेश विष्टले समान एक-एक गोल गर्नुभयो । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

प्रतियोगितामा अर्किडका अमन कार्की उत्कृष्ट गोलरक्षक तथा अर्किडकै दिल तामाङ उत्कृष्ट प्रशिक्षक चुनिएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाउनुभएको छ । गल्र्समा गोठाटार इङ्लिस बोर्डिङ स्कुलले मानाङ्क चिल्डे«न प्याराडाइसलाई १-० गोलले फाइनलमा हराउँदै पहिलो भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?