समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरूले पनि मोर्चाको घोषणा गर्दैछन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थी मोर्चा घोषणाको तयारी गरिएको छ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्ने छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द सहभागी हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?