भक्तपुर मानन्धर युवा संघमा नयाँ नेतृत्व

Read Time = 2 mins

भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघले बाबुकाजी मानन्धरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्षसमेत रहनुभएका न्हुछेरत्न मानन्धर नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रथम उपाध्यक्षमा रामबहादुर मानन्धर, द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्र मानन्धर, सचिवमा बर्तराम मानन्धर, कोषाध्यक्षमा उत्तम मानन्धर, सहसचिवमा गंगाराम मानन्धर, सहकोषाध्यक्षमा इन्द्र मानन्धर रहनुभएको छ । सदस्यमा तुलसीकाजी मानन्धर, ज्ञानबहादुर मानन्धर, राजकुमार मानन्धर, उमेशकाजी मानन्धर, राजेन्द्र मानन्धर, रामप्रसाद मानन्धर, रत्नप्रसाद मानन्धर, राजेश मानन्धर, सचिन मानन्धर, विष्णुलक्ष्मी मानन्धर, तीर्थलक्ष्मी मानन्धर, रामदेवी मानन्धर, सुजित मानन्धर र आशकाजी मानन्धर रहेको संघले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री वसन्त मानन्धर, मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, गैरन्यायिक सडक विस्तारविरूद्धको संघर्ष समितिका संयोजक सुमन सायमी, भक्तपुर उद्योग वाणिज्य संघ तथा मोर्डन युथ फोर सोसाइटीका अध्यक्ष शिवप्रसाद मानन्धर, सम्पदाका अध्येता रत्न सायमी र केन्द्रीय मानन्धर युवा संघका संयोजक सन्देश मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?