रिगा । लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाउनुभएको छ ।
नयाँ सरकारको आवश्यकता रहेको बताउँदै करिन्सले पत्रकार सम्मेलनमा राष्ट्रपति एडगर्स रिन्केभिक्सलाई आफ्नो राजीनामा बिहीबार बुझाउने उल्लेख गर्नुभएको छ । साथै उहाँले आफूले प्रधानमन्त्रीको रूपमा पुनः नियुक्ति नचाहेको स्पष्ट पार्नुभएको छ ।
गतहप्ता उहाँले दुई विपक्षी दलहरू-केन्द्र-वाम प्रगतिशील र केन्द्रवादी ग्रीन्स एण्ड फार्मर्ससँग नयाँ मन्त्रिपरिषद् गठनका लागि परामर्श सुरु गर्ने घोषणा गरेपछि यो कदम आएको हो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ गठबन्धन निर्माण गरी पाँच-दलीय गठबन्धनको नेतृत्व गर्ने एक साझा उम्मेदवारको रूपमा देशको प्रधानमन्त्री बन्नुभएको थियो । गतवर्षको संसदीय निर्वाचनमा न्यु युनिटीले जीत हासिल गरेपछि करिन्सले झिनो बहुमतका साथ तीन दलको सरकार बनाउन सफल हुनुभएको थियो । सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच