एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।

साथै उसले असोजमा एक महिना पार्टीका मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

आज सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?