जुम ब्युटीको नयाँ शाखा महाराजगञ्जमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ)मा सञ्चालनमा आएको छ । जुमकी ‘ब्रान्ड एम्बेस्टर’ समेत रहनुभएकी अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अञ्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको हो ।

कलाकारहरूले जुम ब्युटी एकेडेमीले कलाकारसँग हातेमालो गर्दै भव्य कार्यक्रम गरेर शाखा उद्घाटन गरेकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझै उन्नति प्रगतिको शुभाकामना दिएका थिए ।

एकेडेमीकी संस्थापक जुनु चक्रधरले महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको बताउनुभयो । जुमले महाराजगञ्ज शाखाको उद्घाटनका अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिएको जानकारी गराएको छ ।

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन् । अब छिट्टै भक्ततपुरको कौशलटारमा १२औं शाखा सञ्चालनको तयारीमा रहेको एकेडेमीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?