बेन्जेमाले सम्झौता नवीकरण गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् ।

उत्कृष्ट लयमा रहदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए । सय सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन् । यस्तै, उनले रियलबाट २१ मुख्य उपाधि जितेका छन् ।

फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?