मानेभञ्ज्याङ (भारत) । टेरिटोरियल आर्मी दार्जिलिङको जितसँगै सातौँ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले सिलोङ लाजोङ एफसी आसाममाथि ४-१ गोल अन्तरको जित निकालेसँगै सेमिफाइनल पुग्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिएसके जलपाइगुडी र कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भिड्नेछन् ।
दोस्रो सेमिफाइनलमा चाँद एफसी तीनधारिया र टेरिटोरियल आर्मीको भेट पक्का भएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइलन खेलमा वाङ्देन तामाङ चम्किएपछि आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ । उहाँले खेलमा हृयाट्रिक गर्नुभयो । उहाँले २०औँ, ३५आँै र ४८औँ मिनेटमा गोल गर्नुभयो । त्यसैगरी एन्थोनी क्षेत्रीले ५९औँ मिनेटमा गोल गर्नुभयो ।
सिलोङ लाजोङबाट सानोले ५१औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । आर्मीमाथि दबाब सिर्जना गरे पनि डी बक्सभित्र पाएका अवसरहरूलाई सिलोङले सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलमा पराजित हुन पुगेको हो । खेलको म्यान अफ दी म्याच आर्मीका वाङ्देन तामाङ घोषित हुनुभयो । क्वाटरफाइनल प्रवेशका लागि सिलोङले मानेभञ्ज्याङ फुटबल क्लब र आर्मीले रोलिङ क्लब धुलाबारीलाई हराएको थियो । बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच