दाङ । लुम्बिनी प्रदेश सरकारको बुधवार (आज) बसेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठनको गठनादेश खारेज गरेको छ । मन्त्रीपरिषद बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो ।
उहाँले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत समेत गरिएको छ । त्यसै गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरिएको छ ।
त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ ।
चालिस वर्षभन्दा माथिको लागि नसर्ने राेग मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निणर्य भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच