काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनमा क्षति पुग्दा सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोल मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालको लाइन सुचारु गरिएको बताउनुभयो ।
घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उहाँको भनाइ थियो । यादवले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमितरूपमा आपूर्ति भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच