नबिललाई सामाजिक उद्यमशीलता अवार्ड

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्न सुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम (नबिल स्कुल अफ सोसियल इन्टरप्रिनरसिप नबिल एसएसई) को पहिलो ब्याचका २० जना फेलोले इनाल्वर्स अफ सोसियल इन्टरप्रिनरसिप अवार्ड प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआइवाइइएफ नेपालले अवार्ड प्रदान गरेको हो ।

नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीलाई सामूहिकरूपमा अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । २०७८ साल चैत ७ गतेदेखि सुरु भएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका तीन सय ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?