यामाहाको एमटी बिएस ०६ हस्तान्तरण

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दोस्रोपटक यामाहाको पाँच सय एमटी बिएस ०६ मोटरसाइकल हस्तान्तरण गरेको छ । भृकुटीमण्डपस्थित बिहीबारदेखि सुरु भएको ‘महा एक्सचेञ्ज मेला’ का अवसरमा मोटरसाइकल हस्तान्तरण गरेको हो ।

गत वर्ष सोही मेलामा एम्टी बिएस ०६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिनमै दुई सयभन्दा बढी मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । प्रिरिजर्भेसनमा मोटरसाइकलको माग अझै बढेपछि विश्वव्यापी बजारको समस्याले गर्दा उत्पादनमा गम्भीर समस्याको सामना गर्नुपरेको कम्पनीले जनाएको छ ।

निर्माणमा लाग्ने आवश्यक प्रमुख इलेक्ट्रोनिक चिप्सको विश्वव्यापीरूपमै अभाव भएकाले प्रिरिजर्भेसन ग्राहकका लागि यमाहाले यसको उत्पादनमा अझै पूर्णतासाथ फेरि नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ । सो अवसरमा यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले एम्टी बिएस ०६ का लागि यामाहाप्रेमीले देखाएको धैर्यता, समर्थन र एमएडब्लुप्रतिको विश्वासका लागि आभार व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?