शेखर कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी

Read Time = 2 mins

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो ।

भेलामा डा कोइराला, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी हुनुहुन्छ। बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुनु हो । यसअघि उहाँ रामचन्द्र पौडेल खेमामा हुनुहुन्थ्यो । कांग्रेसको १४औं महाधिवेशनसम्म पनि उहाँ पौडेलसँगै हुनुहुन्थ्यो। यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उहाँ सहभागी हुने गर्नुभएको थिएन । तर, बिहीबारको भेलामा बडू पनि सहभागी हुनु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राख्नुभएको हो । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?