काठमाडौं । शान्तिको सन्देश साहित्यिक समाजको शनिबार ६३औं रचना वाचन शृंखला सम्पन्न भयो । शान्ति समाज उपभोक्ता समाजको आयोजनामा महिनाको अन्तिम शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रका प्रमुख अतिथि साहित्यकार विजय चालिसे रहनुभएको थियो ।
संस्थाको अध्यक्ष शोभा खरेल उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मधुसूदन पाण्डेय, विनोद दाहाल वत्स, त्रिलोचन आचार्य, रामचन्द्र दाहाल, बिसु केसी, अच्युतप्रसाद पौडेल चिन्तन, मिसन अधिकारीलगायत वरिष्ठ साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
यसका साथै कार्यक्रममा भावना बराल, कुशल गौतम, निष्ठा शाक्य, समीर तिमिल्सिना, सुधीर ढुंगाना, महेश बाँस्कोटा, अम्बिका ढुंगाना, दिवाकर न्यौपाने, सेजल गौतम, पीताम्बर पोखरेल, जमुना आचार्य, पुकार कोइराला शिवराम घिमिरे, डिल्लीबहादुर थापालगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रम भरत कार्कीले सञ्चालन गनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच