नवलपरासी । पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट विद्युत ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीयसमेत अचम्मित बनेका छन् । गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई डिप बोरिङको विद्युत ट्रान्सफर्मर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छ्न् ।
झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो । गहुँ र मकैका लागि सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । क्षेत्रको सिचाईका लागि भुमिगत सिचाईं आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईंका लागि बोरिङ निर्माण गरिएको थियो ।
यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्मको ट्रान्सफर्मरसमेत १५ दिन अघि चोरी भएको विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रले जनाएको छ ।
ट्रान्सफर्मर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुँदा ट्रान्सफर्मर चोरी हुने गरेको बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच