काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गर्नुभएको हो ।
पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गर्नुभयो ।
उहाँले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उत्कृष्ट दशम रोकिए पनि मेनुकाको गायिकीले इण्डियन आइडलमा अत्याधिक चर्चा भने पाएको थियो ।
आइडलका निर्णायक तथा अतिथि कलाकारले समेत उहाँको गायकीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उहाँलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा भएको थियो । यो अवधिमा मेनुकाले ‘सलार’मार्फत भारतीय चलचित्र गायनमा डेब्युसमेत गर्नुभएको छ । ‘इण्डियन आइडल’मा चिकित्सकहरूले उहाँलाई ‘एआई भिजन चश्मा’समेत उपहार दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच