काठमाडौं । आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२औँ लोयल्टी कप यू-१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी ‘बी’ ले ब्रहृमकुञ्जलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुंगिएको थियो । काष्ठमण्डपले काभ्यालाई ६-१ को फराकिलो गोलअन्तरले हरायो । काष्ठमण्डपका विशांक कार्कीले हृयाट्रिक गर्नुभयो भने साहस ढकाल र सुप्रिम बोहराले १-१ गोल थप्नुभयो । एक गोल आत्मघाती भएको थियो ।
पिस प्वाइन्ट र चेल्सी वल्र्ड स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । पिस प्वाइन्टले नेपाल पुलिस स्कुललाई ३-१ गोलले पाखा लगायो । पिस प्वाइन्टका हिमाल थिङले हृयाट्रिक गर्नुभयो । पुलिसका सुदिप तामाङले १ गोल फर्काउनुभयो । चेल्सीले इस्टपोललाई टाइब्रेकरमा ३-२ गोलले पन्छायो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
यता ग्रिनल्याण्ड, हिमरश्मी र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्याण्ड सिनियर गल्र्स, हिमरश्मी जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बने ।
किङडम हिमालयन बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको फाइनलमा ग्रिनल्याण्डले फेरिल्याण्डलाई २१-१० ले पराजित ग¥यो । ग्रिनल्याण्डकी बिहानी राईले १० अंक जोड्नुभयो । जुनियर ब्वाइजको फाइनलमा हिमरश्मीले भ्याली पब्लिकलाई २६-२५ को साँघुरो अन्तरले हरायो । हिमरश्मीका आयुश पोखरेलले १२ स्कोर गर्नुभयो । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४३-३७ ले पाखा लगायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, सिनियर गल्र्समा ग्रिनल्याण्डकी बिहानी राई र जुनियर ब्वाइजमा हिमरश्मीका आयुश पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा किङडम हिमालयनका छेवाङ लामा, सिनियर गल्र्समा किङडमकै छिरिङ लामा र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयो ।
सिनियर ब्वाइजमा ग्रिनल्याण्डका सुहान भण्डारी, सिनियर गल्र्समा फेरिल्याण्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमे रिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो । सिनियर ब्वाइजमा प्राञ्जली, सिनियर गल्र्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा हृवाइट माउण्टेनले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । फागुन २ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान ८-८ तथा जुनियर ब्वाइजमा १६ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच