काठमाडौं । गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, संगीत, योगेशकै संगीत संयोजन र स्यामस्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश सपुत र सनिसा भट्टराईको मुख्यभूमिका छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा प्रवीन भट्टको सम्पादन छ । सबै किसिमका गीत गाउनुभएका योगेसले पहिलो पटक लोक दोहोरी गीत गाउनुभएको हो ।
सुरुमा गायन क्षेत्रबाटै संगीतमा प्रवेश गर्नुभएका योगेशकाजीले अहिलेसम्म चार दर्जनभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ भने सयौं गीतमा संगीत, एरेञ्ज र शब्द रचनासमेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच