काठमाडौं । नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिनुभउको छ ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनकै लागि दोषी छैन भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेले हकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय पोखराका सहकारी पीडितलाई दिन सक्नुहुन्छ ? भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नुभयो । उहाँले सहकारीको रकम हिनामिना भएको बारेमा कानूनले तोकेको निकायबाट छानबिन भइ जवाफ दिनुपर्ने बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने रवि लामिछानेले कुनै सहकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय जना पोखराका पीडितको बीचमा बसेर बोल्नुहोस् न त । यहाँ हाउसमा त कसले के भन्छ र बोल्नुभयो, जानुभयो । सत्र सय पीडितले होइन, उहाँको यहाँ कुनैपनि दोष छैन, संलग्नता छैन भनुन् न । त्यहाँ निवेदन परेको छ । यो त दुनियाँमा नभएको कुरा भइरहेको छ, यहाँ । जसले मन लाग्यो त्यसले जवाफ दिएर यो ठिक छ भन्न पाइन्छ, कानूनअनुसार के हो र कसले जवाफ दिने भन्ने विषय होला । समितिले दोषी ठहर गरेको खण्डमा कानून बमोजिम कारबाही भोग्नुपर्छ ।’
उहाँले छानबिन समितिले दोषी ठहर गरेको खण्डमा कानून बमोजिम कारबाही भोग्न तयार हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच