काठमाडौं । चलचित्र ‘होस्टेल’को तेस्रो सिरिज ‘होस्टेल-३’को घोषणा गरिएको छ । सशान कँडेलले निर्देशन, कथा र माधव शर्माको पटकथा लेखन रहेको तेस्रो सिरिज ‘होस्टेल-३’को घोषणा गरिएको हो । यस अघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गर्नुभएको थियो । निर्माता रावल यतिबेला अमेरिकामा हुनुहुन्छ । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण कलाकार रहनेगरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिनुभएको छ । निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा चलचित्र ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त चलचित्र बन्न सकेको छैन ।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस् सँगको सहकार्यमा ‘होस्टेल ३’ बन्नेछ । चलचित्रमा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनुहुने छ ।
वि.सं. २०७० सालमा सिनेमाघरमा आएको चलचित्र ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटन्र्स’ सुरज भुसालले निर्देशन गर्नुभएको थियो । ‘टिनएज ड्रामा’मा आधारित यी दुवै चलचित्र बक्स अफिसमा हिट भएका थिए । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताउनुभयो ।
‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी र ‘होस्टेल रिटन्र्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारले अभिनेता तथा अभिनेत्रीका रूपमा ‘डेब्यु’ गर्नुभएको थियो ।
निर्देशक कँडेलले निर्देशन गरेको पुष्पन प्रधानको ‘बाबुको जुङो’, राजेश राईको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ गीतको भिडियो चर्चित छन् । कँडेलकै स्वर रहेको ‘एक दिन त जाने हो संसार छोडेर’ रुचाइएको गीतमा पर्छ ।
‘होस्टेल ३’मा ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को प्रोडक्सन सम्हाल्नुभएका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नुहुने छ । यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको चलचित्रका कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच