-रमेश विश्वकर्मा
गुल्मी । रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले गुल्मी जिल्लाकै पहिलो बहुवर्षीय योजनाको रूपमा रहेको सडकको अनुगमन गर्नुभएको छ । जिल्लाको सदरमुकाम तम्घासदेखि खाम्सेपानी–नयाँगाउँ-नदी-सुर्यटारी हुँदै प्यूठान जोड्ने निर्माणाधीन सडकको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा नगर प्रमुख पन्थीले सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई छिटोभन्दा छिटो सम्पूर्ण कार्य पूरा गर्न आग्रह गर्नुभयो । त्यस्तै, उहाँले गुणस्तरीय सडक निर्माणमा सबैले चाँसो राख्नुपर्ने बताउनुभयो । यस सडक निर्माणको लागि नगरप्रमुख पन्थीको पहलमा विगतमा ४८ करोड ७३ लाख बजेट विनियोजित भएको थियो । उक्त सडकको सुकाखोलादेखि नेटाखर्क सम्मको सडक कालोपत्र हुँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।
उहाँले आजभन्दा झण्डै सात वर्ष पहिले निकै मेहनतका साथ यस सडकको लागि बजेट विनियोजन गर्न पहल गरेको बताउनुभयो । यस सडकबाट गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसंगा र प्यूठानको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी जोड्ने लक्ष्य राखी अगाडि बढाईएको नगरप्रमुख पन्थीको भनाइ छ ।
जिल्लाको समुन्नतिका लागि यो सडक कोषेढंगा सावित भन्दै सडकलाई धार्मिक र पर्यटकीय मार्गका रूपमा लिन सकिने उहाँले बताउनुभयो । अनुगमनमा रेसुंगा नगरपालिकाका सुशासन समिति संयोजक एवं वडा नं.– १३ का वडा अध्यक्ष हुमबहादुर बस्नेत, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच