✍️ कलानिधि दाहाल
अविश्वासको पनि एउटा सीमा हुन्छ । विवेकहीनताको पनि अर्को हद हुन्छ । दुई खुट्टा टेक्नुको स्वरूपले मात्र मान्छे होइन्न । स्वरूपको बाहिरी आकार सुदूर परम्परादेखि परिभाषित भएको अन्धता-न त्यस बेला मान्छे थियो, न अहिले, भोलि पनि यो क्रम यही नै हो । मलाई आफैंले बनाएको मान्छेको परिभाषा गजब लाग्छ । धन चाहँने वा धनी मान्छे असल हुँदैन-असल मान्छेले धन चाहँदैन वा धनी हुँदैन । व्यापारी असल हुँदैन, असल मान्छेले व्यापार गर्ने इच्छा गर्दैन वा असल मान्छे व्यापारी बन्दैन । सञ्चय रोगी कहिल्यै सद्दे असल हुँदैन, असल सद्देले कहिल्यै सञ्चय गर्न खोज्दैन । कुर्सीभोक त अझ मान्छेको ‘म’ सम्मको नजिकपासो पनि पर्दैन ।
असल मान्छेले कहिल्यै कुर्सीको चासो गर्दैन । कुर्सीको भोक छट्पटिनेहरू कहिल्यै कतै कुनै सन्दर्भ, विषय, क्षेत्र वा तप्काका पनि असल मान्छेमा पर्दैनन् । असल मान्छेले कहिल्यै कतै कुनै सन्दर्भमा पनि कुर्सीको ‘क’ सम्म सम्झदैनन् । परिवार मोहको भालुभुत्ते औजार हल्लिनेहरू कहीँ पनि असल मान्छेका परिभाषाका ‘प’ सम्ममा पर्दैनन् । असल मान्छेले कहिल्यै पनि सीमित परिवार मोहको एकालापे दुर्गन्धको बाँसुरी बजाउँदैन ।
कृत्रिम आडम्बरका डोरीहरू कसरी बेरिन्छन् ? बेर्न नचाहँनु अलग कुरा हो तर म राम्ररी बुझ्दछु । ठूला कुर्सीमा बस्न नचाहँनु अलग कुरा हो धेरै ठाउँ पाएर पनि मजाले परित्याग गरेको छु । शक्तिको खेल खेल्न नचाहँनु छुट्टै कुरा हो पाएका धेरै लात हानेको छु ।
औपचारिकताको पगरी असल मान्छेको सौन्दर्य हुन्न, असल मान्छेले औपचारिकताका अनुहारमा कालो ध्वाँसो कहिल्यै पोत्दैन । अनुशासन असल मान्छेको अनुहार होइन, असल मान्छेले कहिल्यै अनुशासनमा उभिएर आत्मश्लाघाको भाषण अलाप्दैन । राज्यव्यवस्थाका सम्पूर्ण जग यिनै खराबीका चाइनिज इटाबाट बनेका छन् । यिनै खराबी चङ्गुलको चाहिँ दरो चम्को बनेर रोगीहरूको मनोलोकको टलक्क टल्कने श्रीपेच हुँदै सर्वत्र फैलिएको छ-यस देशको सहकारी नामक क्यान्सर किटाणु ।
चिप्ला कुराले, गुलिया जिब्राले, चिल्लो घसिएका अनेकौं ओठका मिलन चक्रले मिलापत्रको कागज गरेर गौशाला वृत्तका प्रहरी नायकलाई सुम्पे । म बुझिरहेको छु यिनीहरूका षड्यन्त्रका तानाबाना एकदमै हँसिलो अनुहारले । चारैतिर आँखा फैलाएर हेर्छु सबै अपराधका कुण्डहरू महाज्ञानी मानौं उनीहरूमा सांसारिक मोह विच्छेद भइसकेको छ, उनीहरू कर्मकाण्डइतर आध्यात्मिक उचाइको शिरविन्दुमा पुगेका छन्झैँ गम्भीर अनुहार बसेका छन् । यिनलाई हेरेर अझ खित्का छुट्छ मभित्रको हाँसो ।
जसलाई जीवनजगत्को ‘ज’ थाहा छैन, के गर्दै छौँको ‘क’ थाहा छैन । तिनै मनोभिखारीहरू घना जङ्गलजस्तो चेहरा फिजाएर समाधिस्थ ज्ञानीझैँ बसेका छन् । कागजको चिर्कटो डिएस्पी टेबुलमा फिजाएपछि एकछिन् हेरेको अनुहारमा उनी बोले–‘यसलाई हनुमान ढोका प्रहरीवृत्तबाट स्वीकृत गराउनुपर्छ, म जान भ्याउन्न, तपाईंहरू जानोस् ।’ कतिसम्म तानाबाना कसरी बुन्छन् दुष्टहरूले ? मान्छे नहुनुका मान्छेहरूले ? वा मान्छे नभएका मान्छेहरूले अन्तर जालको एउटा दसी हो यो । मलाई राम्ररी थाहा छ तर म गफिँदै/हाँस्दै र घरतिर म जेल जाँदै छु भन्ने खबर पनि गर्दै यिनै पापाचारीका ट्याक्सीमा बसेँ । मैले यसो भन्दा उनीहरू आँखामा आँखा जुधाएर अलिकति झस्केका छन्, सायद कसरी बुझिरहेछ यो भनेर नै हुनुपर्दछ ।
कृत्रिम आडम्बरका डोरीहरू कसरी बेरिन्छन् ? बेर्न नचाहँनु अलग कुरा हो तर म राम्ररी बुझ्दछु । ठूला कुर्सीमा बस्न नचाहनु अलग कुरा हो धेरै ठाउँ पाएर पनि मजाले परित्याग गरेको छु । शक्तिको खेल खेल्न नचाहनु छुट्टै कुरा हो पाएका धेरै लात हानेको छु । सञ्चयरोगी बन्न नचाहनु अलग कुरा हो यस खालका धेरै आगमनलाई मजाले फलामे ताल्चा लगाएको छु ।
यी निकम्मा जन्मदै मान्छेको ‘म’ चाहिँ मृत्यु भएकाले हनुमान ढोका प्रहरी वृत्तमा पुग्नासाथ इशाराका भरमा न सोधपुछ, न यथार्थको अन्वेषण, न बाहिरी न भित्री वास्तविकता बोधका लागि वार्तालाप, न प्रश्नोत्तर ? एकाएक हत्कडी भिराउँदा म त उसरी नै हाँसिरहे जसरी गौशाला वृत्तमा हाँसेको थिएँ । कारण, यिनीहरूका सम्पूर्ण काला करतुत मेरा मानसपटलमा छ्यांग उघ्रेको आकाशजस्तै थिए पहिलेदेखि नै । यी छुद्रभन्दा पनि छुद्र सहकारी नामका अकर्मण्य ब्वाँसा सञ्चालकहरू घोर असमञ्जसमा परेको पाउँदा पापी नै पापीलाई दण्डित गर्न सक्षम हुँदोरहेछ भन्ने कुरा अझ स्पष्ट भयो । मजस्तो अलिकति भौतिकभोक चाहिँ जन्मेको असल अनुहार पर्नु अपवाद सिवाय केही थिएन । त्यही अपवादको सामयिक सिकार हुनु स्वभाविकै थियो ।
मनोविज्ञान नै यस्तो विज्ञान हो जसमा अनुहारको एक झलक अवलोकन मात्रले खराब÷असल सहज परिलक्षित हुन्छ । बोलीमा झुठ वा सच्चाइ एक वाक्यले नै स्पष्ट पारिदिन्छ । उसले गरेका कर्म वा कुकर्मको उत्तर विनाआवाज उसका हाउभाउ कटाक्ष, उसको हेराइ, उसका भावभङ्गिमाबाटै सहज बुझ्न सकिन्छ ।
डिएसपी अफिसकोठा जहाँ शरीर खानतलासी र भएका सामान संकलित गरी सूचीकृत गरिने हो भित्र छिर्नासाथ हाम्रै समूहको मानवघाती तस्करहरूको बासस्थान सहकारी सञ्चालकलाई फोन आयो । उनले आफूहरू यहाँ भएको जानकारी दिनासाथ विनापूर्व जानकारी डिएसपीको पारा राक्षसी अनुहारमा तात्यो । तथानाम गाली त उनीहरूको पेशागत आभूषण नै हो । झण्डै हातपाइका अवस्थामा पुग्दा मलाई लाग्यो– यिनीहरूका स्वभावमा पनि तिनै राणा शाह रङ्ग रगरगमा रक्तबुँदझैँ प्रवाहित परिचालित रहेछ ।
यसबाट स्पष्ट के सङ्केत मिल्छ भने हाम्रा सुरक्षा निकायलाई धेरै थोक तालिमको अभाव देखिन्छ । पुलिस शक्ति भनेको कुनै जङ्गलबाट आएको अनुहार होइन । आकाशबाट खसेका ताराका स्वरूप पनि यी होइनन् । जनताकै छोराछोरी हुन् । यिनलाई पुजारीका रूपमा कोठाबाहिर नामोल्लेखको बोर्ड झुण्ड्याएर मूर्तिपूजाका लागि राखिएको पनि होइन । जनता नै जनताबाट जनताकै सेवार्थ जनताको करबाटै जागिरेका रूपमा नियुक्त भएका हुन् । अध्ययनको अभाव, चेतनाको कमी, सुझबुझको दुर्बलतामा यस किसिमका उन्मादहरू दिमाखमा उब्जने हुन् ।
मनोविज्ञान नै यस्तो विज्ञान हो जसमा अनुहारको एक झलक अवलोकन मात्रले खराब/असल सहज परिलक्षित हुन्छ । बोलीमा झुठ वा सच्चाइ एक वाक्यले नै स्पष्ट पारिदिन्छ । आचरण मानवानुकूल वा प्रतिकूल आँखीभौँको झलकमा नै देखिन्छ । उसले गरेका कर्म वा कुकर्मको उत्तर विनाआवाज उसका हाउभाउ कटाक्ष, उसको हेराइ, उसका भावभङ्गिमाबाटै सहज बुझ्न सकिन्छ । यस अध्ययनलाई कुनै प्रयोगशाला चाहिन्न । पाठशाला पनि चाहिन्न । विश्वविद्यालयको त कुरै छाडौं व्यक्ति आफैं म मान्छेबाट माथि उठेर मानवताको पहिलो सिँढीमा पाइलोसम्म त राखौं भन्ने सोचमात्र जन्मायो भने ऊ मनोविज्ञ बन्न सक्छ ।
यसका लागि परम्पराले थोपरेका दिमाखका संकीर्ण सुकेका पत्कर चाहिँ निकाल्नै पर्छ, फाल्नै पर्छ । तिनै छोराछोरी, ईश्वरका वरदान, आमाबाबु देवीदेवता, सम्पति मान्यताको सान, तर्पण सराद्धे हृदयको गान, चण्डीपुराण मेरा अभिमानजस्ता असान्दर्भिक असामयिक घोडदौड गर्नेका हातमा सुरक्षाको लौरो र ओठमा– सत्यसेवा सुरक्षणम् रटाउँदाका परिणाम हुन् डिएसपीजस्ता पदमा आसिन पुसिका घिनलाग्दा यी करतुतहरू ।
अर्को रमाइलो उल्टो पक्ष त के भने एउटै अभियोगमा सँगै गएका अभियुक्तहरूलाई यही डिएसपी कोठाको सिफारिस निर्णायक ठानेर अलग अलग कोठामा पठाइन्छ, राखिन्छ । जग नै कमजोर भएका घरमा तला थपेर अडिन्छ र ? मनोवैज्ञानिक तरिकाको अनुसन्धानको निचोडबाट निस्केको परिणाम भए न सुधारात्मक हुन्छ । एउटै जङ्गली पाराको मात्र जागिर पचाउँने र फुली लड्काउँने हिसाबले कार्यरत व्यक्तिका सिफारिसमा काम गर्दा झन् विकृतिको दलदलमा फस्नु स्वभाविक नै हो ।
म परेँ पागलैपागलको कोठामा । सङ्ख्या पनि साना कोठामा पन्ध्रसम्मको हुन सक्छ सायद । न उनीहरूका बोली म बुझ्छु न मेरा भाषा उनीहरू सम्झन्छन् । उनीहरू सद्दे वा सकारात्क हुने त कुरै छाडौँ म सद्दे आफैँ चाहिँ पागल हुने निश्चित छ । अब सोच्नोस् हाम्रा सुरक्षा कठघेराले खराबलाई सुधार्दै असल बनाउँछ कि असललाई बिगार्दै खराबको बिल्ला भिराउँछ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच