काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको भन्दै छानबिनका लागि संसदीय समितिको माग गर्दै कांग्रेसले संसद अवरुद्ध पार्दै आएको छ ।
आज पनि कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रश्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेको थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो ।
अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।
काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच