
काठमाडौं । विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो निकालेको छ ।
पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो। विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित हो । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ दशमलव ४ ओभरमा १३० रनमा समेटियो। नेपालका लागि कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए । त्यस्तै गुलशन झाले ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एकएक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो।
नेपालका लागि अनिल साहले २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ४१, कुशलले ३८, दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच