नयाँदिल्ली । वर्षा बाधक बन्दा इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ । गुवाहाटीमा आइतबार साँझका लागि तय भएको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । खेल रद्द हुँदा राजस्थान रोयल्सलाई झड्का लागेको छ । अंक बाँड्दा दोस्रो स्थानको राजस्थान तेस्रोमा झरेको हो । दोस्रोबाट तेस्रो स्थानमा पुग्दा राजस्थानले अब एलिमिनेटर खेल खेल्नुपर्नेछ ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको खण्डमा उसले क्वालिफायर-१ खेल्ने थियो । जहाँ राजस्थानले फाइनल पुग्ने दुईवटा सुनौलो मौका पाउने थियो । फाइनल पुग्न दोस्रो स्थानको हैदराबादले दुईवटा मौका पाउनेछ भने राजस्थानले एउटामात्रै मौका पाउनेछ । क्वालिफायर-१ तालिकाको पहिलो र दोस्रो टोलीबीच खेल हुनेछ ।
जुन खेलबाट विजेता टोली सिधै फाइनलमा पुग्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौथो टोलीबीच एलिमिनेटर खेल हुनेछ । विजेता टोली क्वालिफायर-२ मा पुग्नेछ । उक्त खेलमा क्वालिफायर-१ को हार्ने टोलीसँग खेल्नुपर्नेछ । एलिमिनेटर खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
मंगलबार हुने पहिलो क्वालिफायरमा शीर्ष स्थानको कोलकता नाइट राइडर्स र दोस्रो स्थानको सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । खेलको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायरमा जित निकाले उक्त टोली पनि फाइनलमा पुग्न सक्नेछ । पहिलो क्वालिफायर अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । तेस्रो स्थानको राजस्थान रोयल्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बंैगलुरुबीचको एलिमिनेटर खेल बुधबार हुनेछ । यो खेल पनि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा खेलाइनेछ । यस खेलको विजेता क्वालिफायर-२ मा पुग्नेछ ।
मंगलबार- क्वालिफायर-१ : कोलकता र हैदराबाद
बुधबार- एलिमिनेटर : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु
शुक्रबार- क्वालिफायर-२
आइतबार- फाइनल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच