एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ शुक्रबार काठमाडौं आइपुग्नुभएको हो । त्यसपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरिसक्नुभएको छ ।

आइतबार सीपीसीका विदेश विभाग प्रमुख लिउले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?