ओखलढुंगा । बच्चा धेरै रोयो भनेर आफ्नै दुई महिने बच्चा (छोरा) लाई विष खुवाई हत्या गरी जंगलमा फालेकी छन् । यो घटना ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ४ चार्खुको हो ।
आमाले अलफाइटर नामक विषादी खुवाई हत्या गरी जंगलमा फालेको खुलेको हो ।
असार ३१ गते अन्दाजी १२ बजेर ५० मिनेटको समयमा ओखलढुंगा जिल्ला चिसंखुगढी गाउँपालिका वडा नं ८ स्थित बाघखोर जंगलमा बेवारिसे बच्चाको लास फेला परेको थियो । स्थानियबासीले जंगलमा बेवारिसे बच्चाको लास फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले बच्चाको उक्त शवलाई आवश्यक कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौमा पठाइएको छ । प्रहरीले अनुसन्धानको क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका वडा नं ४ चार्खु निवासी युवराज राई र श्रीमती वर्ष २६ की दिपकुमारी राईको छोरा (हिमाल राई) भएको पत्ता लगाएको थियो । सोही दिन आमा दिपकुमारी राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा राईले छोराको हत्या गरी फालेको पत्ता लागेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आफ्नै आमा दिपकुमारी राईले जन्मेदखि धेरै रोइरहने र बच्चा रोएकाले आफुलाई धेरै दिक्क र झन्झट लागेकाले किटनाशक औषधि खुवाई हत्या गरेको स्वीकारेकी छन् ।
निज राईलाई म्याद थप गरी थप अनुसान्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच