जेबी टुहुरे स्मृति सन्ध्या-२०७९ धरानमा हुने

Read Time = 2 mins

काठमाडौं । जेबी टुहुरे स्मृति सन्ध्या-२०७९ तथा श्रष्टा सम्मान कार्यक्रम आगामी भदौ १० गते धरानमा आयोजना गरिने भएको छ । नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका शिखर व्यक्तित्व जनगायक स्व.जेबी टुहुरेको प्रथम वार्षिकीको सन्दर्भमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजित छलफलबाट कार्यक्रम धरानमा आयोजना गर्ने निर्णय लिइएको हो । कार्यक्रममा प्रदेश नं. १ का सांसद, धरान उपमहानगरपालिका उपमेयर, विभिन्न राजनीतिक दलका नेताहरू, धरानका बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो । छलफलले आयोजक कमिटी, साथै विभिन्न १६ वटा उपसमिति गठन गरेको छ । आगामी भदौ १० गते स्थानीय गायकहरूले जेबी टुहुरेका विभिन्न जनवादी गीत गाएर स्व.जेबी टुहुरेलाई श्रद्धा शुमन अर्पण गर्ने कार्यक्रम छ ।

टुहुरेको जन्मस्थान धरानमै भएको हो । जन्म स्थान भएकाले जेबी टुहुरे स्मृति सन्ध्या २०७९ तथा श्रष्टा सम्मान कार्यक्रम धरानमै आयोजना गर्न लागिएको फाउण्डेशन अध्यक्ष निर्भिका टुहुरेले जानकारी गराउनु भएको छ । टुहुरेको गतवर्ष निधन भएको थियो । संविधानसभा सदस्यसमेत रहनुभएका टुहुरेले एक सय पचासभन्दा बढी गीत रेकर्ड गराउनुभएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Siddhi b shahi shanti d shahi dhannebad himala
Siddhi b shahi shanti d shahi dhannebad himala
2022-07-17 11:11 am

Hamilai dherai dherai khusi lagyo

रिलेटेड न्युज

छुटाउनुभयो कि ?