मुगु । सोरु गाउँपालिका स्थित भीई गाउँमा गुरा देउताको नवमी मेला विहिवार देखि शुरु भएको छ ।
करिव १३ औं शताब्दी अघि देखि भीई गाउँमा गुरा देउताको नवमी मेला प्रारम्भ हुँदै आएको वडाअध्यक्ष सिंहबहादुर धामीले बताउनु भयो । देउताको नवमी मेलालाई भब्य सब्य गर्न वडा कार्यालयले युवालाई स्वयम सेवकको रुपमा परिचालन गरेको छ । दुई दिन सम्म संचालन हुने नवमी मेला हेर्न बिभिन्न गाउँ बस्तीबाट धामी डाङग्रीसहित भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
हिजो आज भीईका ८ वटा गाउँहरुमा नवमी मेलाले गर्दा मानिसहरुको चहलपहल निकै बढेको छ । स्थानीय पहिरनमा गाउँका महिला पुरुष युवायुवतीहरु चिटिक्क देखिने गरेका छन् । भीई गाउँका स्थानीयले घर आँगन सेतो र रातो माटोले लिपपोत गरि टल्काएका छन् । मेला हेर्न आएका भक्तजनलाई खान बस्न सुत्न ब्यावस्था मिलाईएको छ ।
नवमी मेलामा महिला पुरुष युवायुवतीले रातभर देउडा खेलेर रमाइलो गर्ने र बिहानपख गुरा, समइजु, काले भवानीलगायत धामी झाक्रीमा देउता चढी आ-आफ्नो चर्तिकला देखाइ नाच्ने गर्दछन । मेलामा सबै भन्दा उत्कृष्ट हेर्न लायक दमाहा बाजा देखिने गरेका छन् । तीन दर्जन भन्दा बढी दमाहा बाजाहरु जम्मा हुने र पहिलो दिन दमाहा बाजाको प्रतिस्पर्धा हुने गरेकोले नवमीको रौनक नै फरक देखिन्छ ।
नवमी मेलामा बिभिन्न खेलकुद कार्यक्रम पनि संचालन गर्ने गरिएको छ । यो चोटि पनि खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । गाउँ गाउँबाट युवाहरुका समुहहरुले फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
गुरा देउतालाई भाकल पुरा गर्न र चिताएको मनोआकाक्षा पुरा होस भन्ने हिसावले टाढा टाढा बाट भक्तजन नवमी मेलामा गुरा देउताको दर्शन गर्न आउने गरेका गर्छन । गुरा देउतालाई बोका, घण्ट, अक्षेता चढाएर मनोआकांक्षा पुरा हुने बिश्वास रही आएको छ ।
गुरा देउतालाई मुख्य गरि भुमिका देउताका रुपमा मानिसहरु पुज्ने गर्दछन । गुरा देउताकोमा चढेको जग्गा भन्दै देउतालाइ सिख भनेर यो बेला गाउँ गाउँ र विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आफ्ना खेत गरामा फलेका अन्न,फलफुल,तरकारी,मसलाबाली चढाउन पनि पुग्ने गरेका छन् । गुरादेउतालाइ खुशी पार्न सके अन्नवाली राम्रो उत्पादन हुने भनी किसानहरु विश्वास गर्ने गर्दछन ।
यो चालु आर्थिक बर्षमा संघीय सरकारबाट भीई गुरा देउताको ऐतिहासिक मन्दिर जीर्णेद्धारको निम्ति बजेट ब्यावस्था गरिएको छ ।
जिल्ला सदरमुकाम गमगढीबाट भीई गाउँमा पुग्न जीप मोटर साइकलद्वारा करिव ४ घण्टा समय लाग्ने गर्छ । गाउँसम्मै सडक पुगेपछि भीई गुरा देउताको नवमी मेला हेर्न जान भक्तजनलाई सहज भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच